Logo मंसिर १०, २०७७ बुधबार


चार करोड ४ लाख संक्रमणमुक्त, १३ लाख ८५ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा चार करोड चार लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । आइतबार बिहानसम्ममा चारकरोड चार लाख ५२ हजार चार सय ६८ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा पाँच करोड ८४ लाख ६८ हजार आठ सय एक जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १३ लाख ८५ हजार सात सय १७ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ६६ लाख ३० हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७४ लाख एक हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६१ हजार सात सय ६० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९० लाख ९५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८५ लाख २० हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३३ हजार दुई सय ६३ पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख १८ हजार ६ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये एक लाख ९३ हजार तीन सय २५ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार तीन सय पाँच जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…