Logo मंसिर १०, २०७७ बुधबार


धमाधम राजीनामा दिँदै निजामती कर्मचारी

काठमाडौं । निजामती सेवामा प्रवेश गर्ने युवाहरुको ठूलो रहर हुन्छ । तर पछिल्लो समय कठिन संघर्ष गरेर जागिरमा प्रवेश गरेका युवाहरु नै धमाधम जागिर छोड्न थालेका छन् ।

‘ठूलो संघर्ष’ गरेर प्राप्त गरेको जागिर भटाभट छाड्नेमा थालेका छन् । २०७५ को साउनयता मात्रै झन्डै १ हजार ४ सय ६९ निजामती कर्मचारीले जागिर छोडिसकेको तथ्यांक छ ।

पछिल्लो दुई बर्षभन्दा बढी अवधिमा १ हजार ३ सय ४ जनाले राजीनामा नै दिएको पाइएको छ । त्यसपछिको ४ महिनामा पनि जागिर छाड्नेको संख्या १ सय ६५ पुगेको छ । पछिल्लो दुई वर्षमा अवकाश अवधिभन्दा पहिले राजीनामा दिनेको संख्या बढी दखिएको राष्ट्रिय किताबखाना (निजामती) का सूचना अधिकारी रोशन ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका विगतमा जागिर छाड्ने कर्मचारीको संख्या एक बर्षमा ३ सय हाराहारीमा मात्रै पुग्थ्यो । उपल्लो तहका कर्मचारीले संवैधानिक नियुक्ती, बढी निवृत्तिभरण र दातृ निकायको जागिरका लागि राजीनामा दिने गर्थे । आजभोली भने तल्लो तहका कर्मचारीले सेवा सुविधामा भएको कटौतीकै त्रासका कारण जागिर छाडेको देखिएको छ ।

संघीय निजामती सेवाको गठन, संचालन र सेवा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमार्फत सेवासुविधा कटौति गर्ने प्रस्ताव गरिएसँगै कर्मचारीले जागिर छाड्ने क्रम बढेको हो । -अन्नपूर्ण पाेष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…