कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु

फाइल तस्बिर
दाङ । जिल्लामा कुर्सीबाट लडेर पूर्वगाविस अध्यक्षको मृत्यु भएको छ । उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारी शनिबार साँझ ५ बजे कुर्सीबाट लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा राति ११ बजेतिर मृत्यु भएको हो ।
टाउकोमा गम्भीर चोट लागेकाले तुलसीपुर उपमहानगरपालिका–११ निवासी ७६ वर्षीय भण्डारीको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि भैरहवामा थप उपचार हुँदै गर्दा मृत्यु भएको जनाइएकाे छ ।
विगत लामो समयदेखि अस्वस्थ रहनुभएका उहाँ उरहरी गाउँ पञ्चायतको प्रधानपञ्चसमेत हुनुभएको तुलसीपुर–११ का वडा सदस्य सुवास डाँगीले बताउनुभयो ।