ताप्ली गाउँपालिका भवनमा शक्तिशाली बम विस्फोट

सुखिलाल चौधरी
उदयपुर । ताप्ली गाउँपालिकाको कार्यालय ५ रुपाटारमा शक्तिशाली बम विस्फोट भएको छ । शनिबार राति १ः१५ बजे अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा बम विस्फोट गराएको छ भने एउटा बम विस्फोट हुन बाँकी रहेको छ ।
नागरिक सहायता कक्षमा भएकाे बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताउनुभयो ।
विस्फोटले कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको छ । अहिले घटना स्थल प्रहरीले नियन्त्रणमा लिएको एसपी दाहालले जानकारी दिनुभयो ।
यस्तै, गाउँपालिकाको गेटमा एउटा बम विस्फोट हुन बाँकी रहेकोले डिस्पोजल गर्न १८ नं. बाहिनी अड्डा भुल्केलाई खबर गरिएकोसमेत एसपी दाहालले बताउनुभयो ।