Logo मंसिर १०, २०७७ बुधबार


मुद्दा खारेज हुने क्रम बढेपछि ट्रम्पको जित्ने प्रयास असफल बन्दै

निर्वाचनमा पराजय बेहोर्दा पनि अदालत पुगेर आफ्नो पक्षमा नतिजा पार्ने भरमग्दुर प्रयास गरिरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास असफल हुने निश्चित बन्दै गएको छ । हुलाकमार्फत खसालिएका दशौँ लाख मतलाई अवैध घोषणा गर्न माग गरि ट्रम्पको टिमले पेन्सिलभेनियामा दायर गरेको मुद्दा न्यायाधीशले खारेज गरिदिएपछि नतिजा उल्टिने ट्रम्पको अपेक्षामाथि गम्भीर धक्का लागेको हो ।

ट्रम्पको चुनावी अभियानले जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयास स्वरुप दायर गरेको मुद्दाका दाबीहरुलाई प्रमाणले साथ नदिने न्यायाधीश म्याथ्यू ब्रानले बताएका छन्। लगाइएका आरोपहरुलाई पुष्टि गर्ने प्रमाण नरहेको भन्दै न्यायाधीश ब्रानले मुद्दा खारेज गरिदिएका हुन् ।समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पका वकिल रुडी जुलियानीको समूहले प्रमाण बिनै मत अवैध गर्न माग गरेको भन्दै न्यायाधीश ब्रानले सचेत समेत गराएका हुन् ।

फैसलामा ब्रानले लेखेका छन्, ‘यो अदालत सामु तोडमोड गरि आधारहिन र त्रुटिपूर्ण बहस गरियो जसमा कुनै सत्यता देखिएन । बहसमा कपोलकल्पित आरोपहरु मात्रै लगाइयो ।’ अमेरिकामा ट्रम्प समूहको दावीले कुनै एक मतदाताको मताधिकारलाई पनि न्याय नगर्ने ब्रानको फैसलामा उल्लेख छ । उनी पेन्सिलभेनियाका चर्चित रिपब्लिकन समेत मानिन्छन् ।

ट्रम्पले दायर गरेको मुद्दामा मतपरिणामलाई औपचारिकता प्रदान गर्नबाट रोक्नुपर्ने माग गरिएको थियो । जसमा केही काउन्टीहरुले अवैध रुपमा हुलाकमार्फत खसालिएका मतमा देखिएका कमजोरी सुधारका लागि मतदातालाई स्वीकृति दिएको आरोप लगाइएको थियो । जुन आरोप न्यायाधीशले खारेज गरिदिएका छन् ।

रिपब्लिकन सिनेटर प्याट टूमीले पेन्सिलभेनियाको मत परिणामलाई चुनौति दिने ट्रम्पका सबै वैध कानूनी विकल्प समाप्त भएको बताए । उनले ट्रम्पलाई फेरि पनि हार स्वीकार गर्न र बाइडेनलाई जितका लागि बधाई दिन सुझाएका छन् ।

तर ट्रम्पका वकिलले भने फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । उनीहरु जति सक्दो चाँडो मुद्दा सर्वोच्च अदालतसम्म लैजाने प्रयास गरिरहेको बताइएको छ । चुनावको नतिजा आफ्नो पक्षमा पार्ने सम्भावनाका लागि ट्रम्पले पेन्सिलभेनियाको मत आफ्नो पक्षमा पार्न नसके उनको अझै निर्वाचन जित्ने दावीको कुनै अर्थ रहन्न।

पेन्सिलभेनियामा निर्वाचित भएका डेमोक्र्याट जो बाइडेन ट्रम्प भन्दा ८१ हजार भन्दा बढि मतले अघि छन् । देशभर उनको ट्रम्पभन्दा ६० लाख भन्दा धेरै मतको अग्रता छन् । निर्वाचनमा पराजयपछि पनि जितको अपैक्षा गरिरहेका डोनाल्ड ट्रम्पका हालसम्म ३० भन्दा बढी मुद्दामा उनको विपक्षमा फैसला भइसकेको छ । खारेज भएका सबै मुद्दाको फैसलामा प्रमाण नभएको न्यायाधीशहरुले बताउने गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…