Logo मंसिर १०, २०७७ बुधबार


सुपथ मूल्य पसल शनिबारदेखि बन्द

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै कैलालीमा सञ्चालनमा आएको सुपथ मूल्य पसल शनिबारदेखि बन्द भएको छ । कैलालीमा असोज १५ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिएको थियो । स्थानीयले भने सुपथ मूल्य पसललाई चाडपर्वमा मात्र केन्द्रित नगरी अन्य समयमा पनि सञ्चालन गरिनुपर्ने माग गरेका छन् ।

कैलालीको धनगढी र अत्तरियामा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालनमा आएका सुपथ मूल्य पसल बन्द भएका छन् । पसल सञ्चालनको अन्तिम दिन शनिबार पनि उपभोक्ताको बाक्लो भीड लागेको थियो । असोज १५ गतेदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलबाट १ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको साल्ट ट्रेडिङ कर्पाेरेशन धनगढी शाखाले बताएको छ ।

चाडपर्वको समयमा सुपथ मूल्य पसलबाट ४० हजार बढी उपभोक्ताले लाभ लिएका छन् । शनिबारदेखि सुपथ मूल्य पसल बन्द हुने भएपछि स्थानीयहरु सामान खरिद गर्नका लागि लामो लाइनमा बसेका देखिन्थे । अन्य पसलमा भन्दा सस्तोमा खाद्य वस्तु उपलब्ध हुने भएकाले यो पसल चाडपर्वको समयमा मात्र नभएर सधैँका लागि सञ्चालन गरिनुपर्ने माग उनीहरुको छ ।

यस वर्ष सुदूरपश्चिमको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा आएको थियो । सुपथ मूल्य पसललाई अब भने स्थायी बिक्री केन्द्रका रूपमा राख्ने योजना अनुसार काम भइराखेको साल्ट ट्रेडिङ कर्पाेरेसनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…