मन्त्रिपरिषदद्वारा बलात्कार सम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषद्ले बलात्कार सम्बन्धी अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको हो ।
नयाँ अध्यादेशमा बलात्कारका घटनामा मिलापत्र गराउनेलाई पनि ६ महिनादेखि ३ वर्ष कैद र ३० हजार जरिवाना हुने व्यवस्था गरिएको छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए ६ महिना कैद हुने व्यवस्था अध्यादेशमा छ ।
त्यस्तै, अध्यादेशमार्फत् बलात्कारको सजायसमेत बढाइएको छ । अध्यादेशमा १४ देखि १६ वर्षको व्यक्तिको बलात्कारमा १२ देखि १६ वर्षको कैद सजाय हुने उल्लेख छ । १६ देखि १८ वर्षको व्यक्तिको बलात्कारमा १० देखि १४ वर्षको कैद सजाय हुनेछ ।
त्यस्तै, १८ वर्ष वा माथिका व्यक्तिको बलात्कारमा १० देखि १२ वर्षसम्मको कैद सजाय हुनेछ ।