Logo फाल्गुन १५, २०७७ शनिबार


शेयर बजारमा कारोबार रकमको नयाँ रेकर्ड

काठमाडाैं । आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ । आइतबार बजार बन्दहुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । गत साता बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ । बजारमा २ सय १ कम्पनीको ६३ हजार ५ सय ७० पटकको कारोबारबाट १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता शेयर खरिदविक्री भएको छ ।

कारोबार शुरु भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अंकले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अंकमा बन्द भएको छ । दिनभर नेप्सेमा करिब ५० अंकको उतारचढाव देखिएको छ । सेन्सेटीभ परिसूचक पनि २ अंकले बढेर ३ सय ४५ अंकमा बन्द भएको छ । कारोबारमा आएका समूह मध्ये बैंकिङ, विकास बैंक र अन्य समूह बाहेकका सबै समूहका सूचकहरु घटेका छन् । यसअघिका दिनहरुमा व्यापार, बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरु ती क्षेत्रको शेयर विक्री गरी बैंक तर्फ आकर्षित भएको देखिन्छ । त्यसैले अन्य समूहमा दवाव भइरहदा पनि बैंकिङ समूह २ दशमलव २३ प्रतिशतले बढेको छ ।

विकास बैंक शुन्य दशमलव ६४ प्रतिशत र अन्य समूह शुन्य दशमलव १ प्रतिशत बढेको छ । लगानीकर्ताहरु तुलनात्मक रुपमा सस्तो रहेका बैंक तथा वित्तीय संस्थाका शेयर खरिद गर्न झुम्मिएको देखिन्छ । घट्ने समूहमा सबैभन्दा धेरै व्यापार समूह ५ दशमलव ६९ प्रतिशतले घटेको छ । यस्तै होटल समूह ३ दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूह २ दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३३ प्रतिशत, म्युचुअल फण्ड समूह २ दशमलव २८ प्रतिशतले घटेको छ ।

आइतबार सबै भन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ९१ लख १९ हजार रुपैयाँको भएकोछ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ५६ लाख रुपैयाँ र नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसबाहेक २० कारेड रुपैयाँ बढीको शेयर कारोबार हुने कम्पनीहरुमा हिमालयन डिस्टिलरी, नेपाल बैंक, प्रभु बैंक, नबिल बैंक, नेको इन्स्योरेन्स, शिवम सिमेन्ट रहेका छन् । सिटिजन्स म्युचुअल फण्ड दोस्रोका इकाईधनीहरुले १० प्रतिशतले कमाएका छन् ।

त्यस्तै, जानकी फाइनान्सका शेयरधनीले ९ दशमलव २१ प्रतिशतले कमाएका छन् । बजारमा लगानीकर्ताको आकर्षण उत्साहजनक देखिएपनि माउन्टेन हाइड्रो नेपालका शेयरधनीले भने ८ दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

‘एउटा लडाईँ जित्यौं, सिङ्गो लडाईँ जित्न बाँकी छ । एउटा लडाईँ जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य सञ्चालनका लागि सवाल युवा, प्रौढ वा वृद्धको नभएर ज्ञानको हुने बताउनुभएकाे…

लेखकद्वयकाे पुस्तककाे चर्चा गर्दै अध्यक्ष दाहालले ज्ञान सबैभन्दा ठूलाे कुरा भएकाे विचार व्यक्त गर्नुभयाे ।

नेता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताउनुभयो ।

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित निको भएका छन्।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उहाँको भनाइ छ ।