Logo मंसिर १०, २०७७ बुधबार


प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच साझा सरकार गठनबारे छलफल !

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा बढेको आन्तरिक विवादले पार्टी विभाजनको रुप लिने सम्भावना बढेको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आफैं विभाजनको दिशामा हिड्नुभएपछि नेकपा फुट्ने सम्भावना प्रबल बनेको हो । नेकपा विभाजित हुने निष्कर्षमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साझा सरकारको प्रस्ताव राखेको खबर सार्वजनिक भएको छ । ओली र देउवाबीच शनिवार साँझ लामो छलफल भएको स्रोतले बतायो ।

बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसलाई आठ मन्त्रालय दिने प्रस्ताव राख्नुभएको बताइएको छ । स्रोतका अनुसार जवाफमा देउवाले आफ्नो पार्टीमा सल्लाह गरी उचित निर्णय लिने आश्वासन ओलीलाई दिनुभएको थियो ।

पार्टीभित्र विवाद बढेका बेला प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति देउवासँग छलफल गर्नुभएको हो ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवालाई भेट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

गत कात्तिक २८ गते सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले १९ पेजको प्रस्ताव दर्ता गर्नुभएपछि ओली समूह थप दबाबमा परेको हो ।

उक्त प्रस्ताव अनुमोदन भए प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद वा दुवै पद छोड्नुपर्ने छ । त्यसैले ओली पक्षले दाहालको उक्त प्रस्ताव फिर्ता लिनुपर्ने अडान लिदै आएका थिए । तर बहुमत सचिवालय सदस्यले अध्यक्ष दाहालको उक्त प्रस्ताव साझा भएको जवाफ दिएका थिए ।

दाहालले उठान गर्नुभएको विषयलाई मंसिर १३ गते बस्ने सचिवालय बैठकमा लिखित जवाफ दिने प्रधानमन्त्री ओलीको तयारी छ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…