Logo मंसिर १०, २०७७ बुधबार


यस्तो छ भारतीय विदेश सचिवको नेपाल भ्रमणको कार्यकतालिका

काठमाडौं । मंसिर ११ मा दुई दिने नेपाल भ्रमणमा लाग्न लाग्नुभएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको कार्यतालिका सार्वजनिक भएको छ ।

मंसिर ११ गते दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउने पक्का भएसँगै । नेपाल र भारतले यस सम्बन्धी छुट्टाछुट्टै औपचारिक घोषणा सोमबार साँझ प्रेस विज्ञप्ति मार्फत गर्ने भएका छन् ।

११ गते विहान विशेष विमानद्धारा काठमाडौं ओर्लने भारतीय विदेश सचिव श्रृंगलाले सोही दिन समकक्षी परराष्ट्र सचिव भरतराज पौडेलेसँग दुईपक्षीय भेटवार्ता गर्नुहुने बताइएको छ ।
उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीसँग पनि सोही दिन शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यतालिका छ । त्यसैगरी उहाँले विपक्षी नेपाली कांग्रेसलगायतका दलका नेताहरुसँग पनि मंसिर ११ गते नै भेटवार्ता गर्नुहुनेछ ।

विदेश सचिव श्रृंगलाले मंसिर १२ गते नेपाल–भारत सम्बन्ध विषयक एक कार्यक्रमलाई सम्बोधन गर्नुुहनेछ । सोही दिन उहाँले दुईपक्षीय परियोजनासम्बन्धी एक कार्यक्रममा समेत सहभागीता जनाउनुुहने कार्यक्रम छ ।

नेपाल–भारत संयुक्त आयोगको वैठकको तयारी गर्ने मूख्य उदेश्यले भारतले विदेश सचिवस्तरीय नेपाल भ्रमण गर्न लागेको हो । दुवै देशका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने सो संयन्त्रको वैठक डिसेम्बर महिनाको दोस्रो साता नयाँ दिल्लीमा गर्ने तयारी छ । वैठकमा भाग लिनका लागि परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्ली जानुहुनेछ ।

कालापानी र सुस्ता विवादलगायत विषयमा वार्ता गर्ने औपचारिक संयन्त्र परराष्ट्र सचिव स्तरीय वैठक भएपनि यस पटकको भ्रमणमा त्यस विषयमा खासै कुराकानी नहुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…