Logo बैशाख ३१, २०७८ शुक्रबार


नेकपाभित्रको आन्तरिक द्वन्दमा कांग्रेस निरपेक्ष छ : प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा सरकारमा काँग्रेस सहभागी हुने समाचारको खण्डन गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत प्रवक्ता शर्माले काँग्रेस ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश भएको उल्लेख गर्नुभएको छ । शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाको भेटबारे टिकाटिप्पणी भइरहेका बेला प्रवक्ता शर्माले ट्वीट गर्दै सबैलाई भ्रमबाट मुक्त हुन समेत आग्रह गर्नुभएको छ ।

साथै प्रवक्ता शर्माले कांग्रेस कुनैपनि भड्कावबाट टाढा रहेको र भोलिका दिनमा समेत टाढा रहने उल्लेख गर्नुभएको छ ।

प्रवक्ता शर्माले नेकपाभित्रको आन्तरिक द्वन्दमा कांग्रेस निरपेक्ष रहेको प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…