Logo मंसिर १०, २०७७ बुधबार


चार महिनामा २७ सय २६ अपराधी पक्राउ

-रुपक कुलाल

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा नेपाल प्रहरीले २ हजार ७ सय २६ अपराधी पक्राउ गरेको छ ।

प्रहरीले लकडाउनका समयमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भइ फरार रहेका अभियुक्तलाई गाउँगाउँबाट पक्राउ गरेको हो । गत कार्तिक १० गते जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन १ सय ११ जना फरार अभियुक्त पक्राउ ग¥यो ।

पक्राउ पर्नेमा १४ जना महिला र ९७ जना पुरुष छन् । यसभन्दा अघि स्याङ्जा प्रहरीले एकै दिन ४८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले पछिल्लो समय कर्तव्य ज्यान, बलात्कार, लागुऔषध, कुटपिट र लुटपाट लगायत विभिन्न मुद्दामा संलग्न रहेका फरार अभियुक्तलाई पक्राउ गरेको हो । गत आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३ सय ३१ फरार अभियुक्त पक्राउ परेकामा चालु आर्थिक वर्षको पहिलो चार महिनामै २ हजार ७ सय २६ फरार अभियुक्त पक्राउ परेका हुन् ।

लकडाउनको सदुपयोग गर्दै सक्रियता बढाएर धमाधम फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानमा लागेको प्रहरीले जनाएको छ । लकडाउनका कारण अधिकांश फरार अपराधी गाउँगाउँ पुगेकाले पनि पक्राउ पर्नेको संख्या बढेको प्रवक्ता कडायतले बताउनुभयो ।

अदालतको फैसला कार्यान्वयन र कानूनको कार्यन्वयन पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…