Logo मंसिर १०, २०७७ बुधबार


पाकिस्तानमा काेराेनाको दोस्रो लहर, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडाैं पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोराेना संक्रमणकाे दोस्रो लहरसँगै महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन  आग्रह गर्नुभएको छ । उहाँले सरकारी अधिकारी, पाकिस्तानी जनता र विपक्षी दलहरूलाई पनि महामारीबाट बच्न सामाजिक दूरी कायम गर्ने र संक्रामक रोगबाट अपनाउनुपर्ने अन्य स्वास्थ्यका उपायलाई पालना गर्न आग्रह गर्नुभएको छ ।

सरकारी तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोराेना संक्रमितकाे संख्या  दुई हजार ६ सय ६५ रहेको छ भने ५९ संक्रमितकाे मृत्यु भएको छ ।

पाकिस्तानमा अझै ३६ हजार ६ सय ८३ व्यक्तिले देशभरका विभिन्न अस्पतालमा उपचार गरिरहेका छन् । पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख ७४ हजारभन्दा बढका संक्रमण भएकाे छ ।

“पाकिस्तानमा कोभिड–१९ को दोस्रो लहरको संक्रमण विगत १५ दिनदेखि चासोको विषय बनेको छ,” प्रधानमन्त्री खानले आफ्नो ट्वीटर मार्फत जानकारी गराउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘विश्वका धेरै मुलुकले दोस्रो पटक संक्रमण फैलिन थालेपछि पूर्ण तथा आंशिक लकडाउनको घोषणा गर्न बाध्य भएका छन् । यदि अहिलेकै तरिकाले संक्रमण फैलिँदै जाने हो भने पाकिस्तानले पनि पूर्ण लकडाउन गर्न बाध्य हुनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…