Logo मंसिर १०, २०७७ बुधबार


तीनवटा क्यामरायुक्त नोकिया मोबाइल सार्वजनिक

काठमाडौं । नोकिया मोबाइलले नयाँ मोडल फोन ३.४ सार्वजनिक गरेको छ। लामो समय अघिदेखि ल्याउने भनिएको नोकिया ३.४ मंसिर ७ गते सार्वजनिक गरिएको हो ।

नयाँ मोबाइलमा क्वालकाम स्नैपड्रैगन ४६० अपरेटिङ सिस्टम छ। अल्ट्रा वाइड लेन्स र एआई इमेजिङका साथ ट्रिपल रियर क्यामेराका अतिरिक्त एक पटक चार्ज गरेपछि २ दिनसम्म चल्न सक्ने शक्तिशाली ब्याट्रीका साथमा नयाँ मोडल सार्वजनिक गरिएको नोकियाले जानकारी दिएको छ।

नाइट मोडमा पनि उत्कृष्ट फोटो खिच्न सक्ने यो मोबाइल ग्रे रंगमा उपलब्ध छ। ३ जिबी प्राथमिक मेमोरी (र्‍याम) भएको मोबाइलमा ६४ जिबी क्षमताको आन्तरिक मेमोरी छ। यो मोबाइलको बजार मूल्य १८ हजार ७ सय रहेको कम्पनीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…