Logo मंसिर १०, २०७७ बुधबार


कोरोनाका नाममा बीमा कम्पनीको कमाइ, कुन बीमा कम्पनीले कति खाए ?

-मदन ढुङ्गाना

काठमाडौं । जब नेपालमा औलामा गन्न सकिने कोरोना संक्रमितहरु थिए, त्यतिखेर बीमा कम्पनीहरुको विज्ञापन थियो– कोरोना लागि हाले पनि चिन्ता नगर्नुस्, हामी छौ । अर्थात १ हजारमा इन्सुरेन्स गर्नुस् कोरोना लाग्ने बित्तिकै हामी १ लाख दिनेछौ । अझै दुई जनाको संयुक्त रुपमा गरे इन्सुरेन्स गरे त जम्मा ६ मात्रै लिने छौ ।

महामारीमा अक्सर बीमा हुँदैन । र, कोरोना बीमा अन्य देशमा भएको पनि छैन् । तर हाम्रोमा बीमा कम्पनीहरुकै हुटहुटीमा सरकारले बीमा गर्ने बाटो खोलिदियो । महामारीको पनि बीमा गर्ने भनेपछि सर्वसाधरणले पनि राम्रै सहभागी जनाए । अहिलेसम्म १७ लाख ४ हजार भन्दा धेरैले कोरोना बीमा गरेका छन् । बीमा गर्न हौसिएका बीमा कम्पनीहरु जब बीमकहरुलाई पैसा दिने बेला आयो तब लुक्न र भाग्न खोजिराखेका छन् आफ्नो दायित्वबाट ।

२० वटा बीमा कम्पनीहरुले हालसम्म १७ लाख ४ हजार १ सय ७१ जनाले १ लाख ५६ हजार ५ सय ८७ जनाको बीमा गराएर ९८ करोड ३३ लाख ७९ हजार ८ सय ६८ रुपैयाँ उठाएका छन् । बीमा गर्ने बेला हौसिएका बीमा कम्पनीले अहिले १६ हजार ६ सय २७ जनाको दाबी परेपछि पैसा दिन नपरे हुन्थ्यो जसरी भागिराखेका छन् ।

भुक्तानीका लागि दाबी गर्नेमध्ये जम्मा १३.९५ प्रतिशतले मात्रै बीमाबापतको रकम पाएका छन् । अर्थात अहिलेसम्म जम्मा २ हजार ३ सय २० जनाले मात्रै भुक्तानी पाएका छन् । महामारीका बेला जनतासँग करिब १ अर्ब उठाएका बीमा कम्पनीले २२ करोड १८ लाख रुपैयाँ दिएपछि बाँकी रकम दिन नपरे हुन्थ्यो जसरी पन्छिने र बीमकलाई अल्झाउने काम गरिराखेका छन् ।

कुन बीमा कम्पनीले कति उठाए ? कति खाए ?

अजोड इन्सुरेन्स

बीमाबापत उठाएको रकम– ४ करोड ८७ लाख १६ हजार १ सय
दाबी रकम– ३ करोड ५७ लाख
भुक्तानी गरेको रकम– १ करोड ४० लाख ५० हजार

एभरेष्ट इन्सुरेन्स

बीमाबापत उठाएको रकम– २ करोड ४३ लाख २२ हजार १ सय ८०
दाबी रकम– ११ करोड ७६ लाख ५० हजार
भुक्तानी गरेको रकम– ५६ लाख ५० हजार

जीआइसी इन्सुरेन्स

बीमाबापत उठाएको रकम– २ करोड ४५ लाख ५७ हजार २ सय
दाबी रकम– २ करोड २६ लाख २५ हजार
भुक्तानी गरेको रकम– २८लाख

हिमालय इन्सुरेन्स

बीमाबापत उठाएको रकम– ३ करोड ९३ लाख ५६ हजार ४ सय ९
दाबी रकम– १० करोड ६ लाख
भुक्तानी गरेको रकम– १ करोड ७९लाख

आइएमई जनरल इन्सुरेन्स

बीमाबापत उठाएको रकम– ३ करोड ६८ लाख ८ सय ४०
दाबी रकम– ८ करोड ३७ लाख ५० हजार
भुक्तानी गरेको रकम– १ करोड ३ लाख

लुम्बिनी इन्सुरेन्स

बीमाबापत उठाएको रकम– २ करोड ६५ लाख ६ हजार ८ सय
दाबी रकम– १३ करोड ८२ लाख ५० हजार
भुक्तानी गरेको रकम– १ करोड १५ लाख

नेश्नल इन्सुरेन्स

बीमाबापत उठाएको रकम– ९४ लाख १ हजार २ सय
दाबी रकम– ३ करोड ३९ लाख ५० हजार
भुक्तानी गरेको रकम– ३६ लाख

नेको इन्सुरेन्स
बीमाबापत उठाएको रकम– ४ करोड २४ लाख ९० हजार ४ सय ३८
दाबी रकम– ११ करोड ५८ लाख ५० हजार
भुक्तानी गरेको रकम– १ करोड ३४ लाख ५० हजार

नेपाल इन्सुरेन्स

बीमाबापत उठाएको रकम– १ करोड ९९ लाख ४२ हजार २०
दाबी रकम– ३ करोड ३९ लाख
भुक्तानी गरेको रकम– १ करोड २२ लाख ५० हजार

एनएलजी इन्सुरेन्स

बीमाबापत उठाएको रकम– २ करोड ९५ लाख ५८ हजार
दाबी रकम– ६ करोड ७१ लाख ५० लाख
भुक्तानी गरेको रकम– १ करोड २१ लाख

ओरिएन्टल इन्सुरेन्स

बीमाबापत उठाएको रकम– १ करोड ९ लाख १७ हजार १०
दाबी रकम– २ करोड २९ लाख ५० हजार
भुक्तानी गरेको रकम– ४१ लाख ५० हजार

प्रभु इन्सुरेन्स

बीमाबापत उठाएको रकम– १ करोड ९१ लाख १५ हजार ८ सय
दाबी रकम– ५ करोड २६ लाख
भुक्तानी गरेको रकम– ६८ लाख

प्रीमीएर इन्सुरेन्स

बीमाबापत उठाएको रकम– ३ करोड ३३ लाख १० हजार ५ सय
दाबी रकम– ३ करोड ६४ लाख ५० हजार
भुक्तानी गरेको रकम– १ करोड २० लाख

प्रुडेन्सिएल इन्सुरेन्स

बीमाबापत उठाएको रकम– १ करोड ९ लाख ७१ हजार ४०
दाबी रकम– ४ करोड ६ लाख
भुक्तानी गरेको रकम– ६० लाख

राष्ट्रिय बीमा कम्पनी

बीमाबापत उठाएको रकम– ३२ करोड ४७ लाख ९६ हजार ९ सय ९६
दाबी रकम– १५ करोड १९ लाख
भुक्तानी गरेको रकम– २६ लाख

सगरमाथा इन्सुरेन्स

बीमाबापत उठाएको रकम– ७ करोड ८२ लाख ९७ हजार २ सय ३५
दाबी रकम– ११ करोड १ लाख
भुक्तानी गरेको रकम– १ करोड २७ लाख

सानीमा जनरल इन्सुरेन्स

बीमाबापत उठाएको रकम– १ करोड १ लाख ३२ हजार ४ सय
दाबी रकम– ५ करोड ७९ लाख
भुक्तानी गरेको रकम– ३६ लाख ५० हजार

शिखर इन्सुरेन्स

बीमाबापत उठाएको रकम– ११ करोड ५४ लाख ७२ हजार ६ सय
दाबी रकम– २७ करोड ७५ हजार
भुक्तानी गरेको रकम– ४ करोड ४८ लाख

सिद्धार्थ इन्सुरेन्स

बीमाबापत उठाएको रकम– ६ करोड ३ लाख ६२ हजार
दाबी रकम– ३ करोड ९६ लाख ५० हजार
भुक्तानी गरेको रकम– १ करोड २१ लाख ५० हजार

युनाइटेड इन्सुरेन्स

बीमाबापत उठाएको रकम– १ करोड ८४ लाख ५३ हजार १ सय
दाबी रकम– ६ करोड ४ लाख ५० हजार
भुक्तानी गरेको रकम– १ करोड ३३ लाख

यसरी बीमा कम्पनीहरुले बिमकबाट दाबी भएको भन्दा आधा पनि भुक्तानी गरेका छैनन् । बरु उनीहरु सरकारप्रति चोर औला तेर्साएर आफू पानीमाथिको ओबानो बन्न खोज्ने र आफ्नो दायित्वबाट भाग्ने प्रयास गरी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…