खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापा । जिल्लामा खुकुरीको प्रहारबाट श्रीमतीको हत्या भएको छ । दमक १ मा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतकी हत्या गरेका हुन् ।
आइतबार साँझ चुडामणी भण्डारीले ३५ वर्षीया श्रीमती टीकामाया पौडेलको कमल ६ स्थित खेतमा गएका बेला खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो।
अर्कैसँग लागेर आफूले वैदेशिक रोजगारीमा कमाएको पैसा सकाएको आरोपमा उनले श्रीमतको हत्या गरेको प्रारम्भीक बयानमा बताएको दमक प्रहरीले जनाएको छ ।