Logo माघ १०, २०७७ शनिबार


गाउँपालिका अध्यक्ष मदिरामा लठ्ठ, कर्मचारी भोकभोकै

प्रमोदकुमार साह
धनुषा । धनौजी गाउँपालिकामा समयमै परिषद नभएपछि पालिकाका कर्मचारीहरुले लामो समयदेखि तलव पाउन सकेका छैनन् ।गाउँपालिका अध्यक्ष बद्रिनारयाण सिंह मदिरामा लठ्ठ भएर परिषदको विषयमा चिन्ता नै लिन छोडेपछि पालिकाका कर्मचारीहरु विगत सात महिनादेखि तलवविहीन रहेका हुन् ।

पाँच वटा वडा रहेको धनौजी गाउँपालिकामा अध्यक्ष उपाध्यक्षको लडाइँ एकातिर छ भने अर्को तिर गाउँपालिकाका तीन वटा वडाअध्यक्षले अध्यक्षसँग कोरोनाकालमा खर्च गरेको पैसाको हिसाब किताव नगरेसम्म परिषद हुन नदिने अडान लिएपछि असार मसान्त भित्र गर्नुपर्ने परिषद अहिलेसम्म हुन सकेको छैन । नेपालीहरुको ठूलो पर्वहरु दशैँ, तिहार र छठ पर्वमा पनि तलव पाउनबाट वञ्चित रहेको गाउँपालिकाका कर्मचारीहरु आफनो तलव पाउनका लागि महिनौदेखि आन्दोलित छँदा पनि जनप्रतिनिधिको वेहाल कायम रहेको छ । पटक पटक कर्मचारीहरुले ध्यानकर्षण गराउँदा पनि अध्यक्ष सिंहले ध्यान नदिएपछि कर्मचारीहरुले आइतवार धनौजी गाउपालिकाको कार्यालयमा तालावन्दी गरेका छन् ।

असारदेखि आफूहरु तलव भत्ता, संचयकोष, कोरोनामा खटिएको भत्ता, दशैं भत्ता लगायतको सुविधाहरु नपाएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । शिक्षा शाखाका कर्मचारीहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु र प्रशासन शाखाका कर्मचारीहरुले अध्यक्ष सिंहको कोठामा तालाबन्दी गरेको छ । सोही गाउँपालिकाका अध्यक्ष बद्रीनारायण सिंहलाई पटकपटक ज्ञापनपत्र मार्फत तलव लगायतको सुविधाहरु माग गर्दा पनि अध्यक्ष सिंहले वेवास्ता गरेकाले बाध्य भएर आईतवार तालाबन्दी गरेको स्वास्थ्यकर्मी संघकी अध्यक्ष सरोज गिरीले बताएकी छन् । उनले भनिन, ‘कोरोना जस्ता महामारी रोगको बेलामा आफूहरु ज्यान जोखिममा राखेर कार्य गरेका छौं । तर बजेट प्रतिनिधिहरुले पचाएका छन् । दशैं, तिहार र छठमा पनि तलव लगायतको सुविधा पाएको छैन । आर्थिक भार सहन नसकेर तालाबन्दी गरेका हौं ।’

‘कोरोना जस्ता महामारी रोगको बेलामा हामी कर्मचारी जनताका लागि खटेका छौं । ज्यानकै प्रवाह नगरी खटेपनि तलव नपाउनु कहाँको न्याय हो ?’ वडा नम्बर १ का वडा सचिव गणेश पण्डितले भने । ‘सात आठ महिनादेखि तलव भत्ता पाएको छैन, तालाबन्दी हाम्रो रहर होइन, बाध्यता रहेको हो’ उनले भने ।

यता गाउँपालिका अध्यक्ष बद्री नारायण सिंहले परिषद हुन नसक्दा तलव खुवाउन नसकेको बताएका छन् । केही वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको व्यक्तिगत स्वार्थको कारण परिषद गर्न नदिएको उनले दोष लगाएका छन् । गाउँपालिका अध्यक्ष सिंहले बजेट बाँडफाँडमा मनपरी हुन नदिँदा परिषद अवरुद्ध गरिरहेको बताएका छन् ।

नेपाल सरकारले असार १० गते भित्रमा सबै ‘पालिका’लाई परिषद गर्न निर्देश दिएका थिए । तर समयमा परिषद हुन नसक्दा बजेट परिचालन गर्न नपाउने सम्वैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार बिहान २ बजेतिर दश जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएको बताइएकाे छ ।

कावासोतीको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा…

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…