Logo माघ १०, २०७७ शनिबार


नेकपाको भविष्य ओलीको प्रस्तावमा निर्भर : प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले ल्याउने जवाफी राजनीतिक प्रस्तावले पार्टीको भविष्य निर्धारण गर्ने बताउनुभएको छ ।

सोमबार आफूलाई भेट्न खुमलटार निवास पुगेका स्थायी समिति सदस्यहरुसँग दाहालले पार्टीभित्रको विवाद समाधान हुन्छ या अझ चर्किन्छ भन्ने विषय ओलीको प्रस्तावमा निर्भर रहने बताउनुभएको हो । खुमलटार पुगेका एक स्थायी समिति सदस्यका अनुसार आफू लगायत सचिवालयका बहुमत सदस्य पार्टी एकता रक्षाकै पक्षमा रहेको दाहालको भनाइ थियो ।

आफूले एकताको रक्षाका लागि धेरैपटक हदैसम्मको लचकता अपनाएको बताउदै अध्यक्ष दाहालले अब पनि आफू फुटको पक्षमा नरहेको प्रष्ट पार्नुभयो । तर प्रधानमन्त्री ओली पार्टीलाई एकताबद्ध बनाउन गम्भीर नदेखिएको र देशैभर गुट सक्रिय पारेको दाहालको गुनासो थियो ।

अध्यक्ष दाहालले कात्तिक २८ को सचिवालय बैठकमा १९ पृष्ठ राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । मंसिर ३ गते बसेको बैठकमा ओलीले दाहालको प्रस्तावको जवाफ दिन १० दिनको समय माग गर्नुभएको थियो ।

नेकपाको सचिवालय बैठक मंसिर १३ मा पुनः बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कावासोतीको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा…

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।