Logo माघ ११, २०७७ आइतबार


थप १,९८० मा काेराेना संक्रमण, १६ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा  थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न ल्याबहरूमा गरिएको पीसीआर परीक्षणमा १ हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएकाे हाे ।

त्यस्तै, मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन्।

पछिल्लाे २४ घण्टामा विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा १० हजार ३ सय ८१ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ७० हजार ४ सय ५६ पीसीआर परीक्षण गरिएको पनि मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

५० वर्षका राई र २० वर्षकी शेर्पाबीचको विवाह अब वर्ग र वर्णरहित आधुनिक नेपाली समाजको प्रतिनिधित्व गरेको भन्दै धेरैले प्रशंसा…

प्रतिनिधि सभा विघटनविरुद्ध अहिलेसम्म भइका संघर्षका समिक्षा, भावि रणनीति तय गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत…

देवर–भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे केही खुल्न नसकेको प्रहरीले बताएको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आव्हान गरिएको बताएको हो ।

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…