Logo माघ १५, २०७७ बिहीबार


मलेसियन कम्पनीको डरलाग्दो भिडियो, नेपाली कामदार काम गर्दा गर्दै ढल्छन् र छट्पटाउछन् (भिडियोसहित)

काठमाडौं । मलेसियाको एक कम्पनीमा कार्यरत नेपाली र बंगलादेशी कामदारको चरम शोषणको समाचार सार्वजनिक भएको छ ।

बेलायती अखबार मिररले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको समाचारसँगैको भिडियोमा क्षमताभन्दा बढी काम गराइएका कामदारहरु काम गर्दागर्दै भुइँमा ढलेर माछाजस्तै छट्पटाउदै गरेको देखिन्छ ।

मेडिकल सुरक्षाको सामान उत्पादन गर्ने मलेसियाको उक्त कम्पनीमा काम गर्ने कामदारहरु यसरी ढल्नुको कारण उनीहरुलाई जबरजस्ती क्षमताभन्दा बढी काम लगाइनु रहेको समाचारमा उल्लेख छ । उक्त भिडियो मलेसियामा त्यही कारखानामा काम गर्ने सहकर्मी कामदारले नै खिचेको बताएको छ । पञ्जा, पीपीइ जस्ता सामग्रीहरु उत्पादन गर्ने मलेसियाको टप ग्लोभ कम्पनीमा कामदारलाई जबरजस्ती काममा लगाइने गरेको समाचारमा उल्लेख छ । अहिले कोरोनाभाइरस महामारी अत्याधिक भएकोले यी सामग्रीको माग उच्च भएकोले मागअनुसारको आपूर्ति गर्न कम्पनीले कामदारलाई क्षमताभन्दा बढी काममा लगाउने गरेको द मिररले जनाएको छ ।

उक्त कारखानामा काम गर्ने ३० भन्दा धेरै कामदारलाई फोहर कोठामा कोचेर राखिनुका साथै उनीहरुको चरम श्रम शोषण भइरहेको रिपोर्टमा उल्लेख छ । मलेसियाको यो कम्पनीमा श्रमिकको अधिकारको उल्लंघन भएको कुरा उठेपछि अमेरिकाले यो कम्पनीका पञ्जामाथि प्रतिबन्ध लगाइसकेको छ । तर, बेलायतको नेशनल हेल्थ सर्भिस अन्तर्गतका अस्पतालमा भने यिनै पञ्जाहरु आपूर्ति गर्ने गरेको रिपोर्टमा जनाइएको छ ।

कम्पनीमा कार्यरत धेरै कामदारहरु फ्लू र ज्वरोबाट ग्रसित भइरहेका छन् । उनीहरुमा मिर्गीजस्तो दौरा पर्ने र बेहोस हुने क्रम समेत बढेको एक कामदारलाई उधृत गर्दै द मिररले लेखेको छ । तर कामदारहरुको अवस्थाप्रति कम्पनीले भने कुनै चासो नदिएको ती कामदारले बताए ।
टप ग्लोभमा कार्यरत कामदारहरुले हप्तामा ६ दिनसम्म दिनमा घण्टाको १ पाउण्ड मात्रै पारिश्रमिक लिएर काम गर्ने गरेको पनि उनले बताए ।

टप ग्लोभले एक वर्षमा करिब ७४ अर्बको संख्यामा मेडिकल र औद्योगिक पञ्जाहरु बनाउदै आएको छ । यो पञ्जाको विश्वव्यापी बजारको करिब १ चौथाइ हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।