Logo माघ ११, २०७७ आइतबार


महानगरीय ट्राफिक महाशाखामा नेतृत्व परिवर्तन

काठमाडाैं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी हेर्ने निकाय महानरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व परिवर्तन भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको ठाउँमा महाशाखाको प्रमुखको जिम्मेवारीमा प्रहरी वरिष्ठ उपरीक्षक जनकराज भट्टराई आउनुभएको हो ।

महाशाखामा साेमबार एक कार्यक्रमको आयोजना गरी भट्टराईको स्वागत र ढकालको विदाई गरिएको छ । विदाई समारोहमा वरिष्ठ उपरीक्षक ढकालले आफ्नो कार्यकालमा आफूले उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण काम गरेको दाबी गर्नुभयो । ट्राफिक व्यवस्थापनका लागि आफूले गरेको प्रयासहरु सफल रहेको उहाँले बताउनुभयो । आम नागरिकबाट समेत उपत्यकाको ट्राफिक व्यवस्थापनको प्रशंसा हुने गरेको उल्लेख गर्दै ढकालले भोलीका दिनमा यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

नवनियुक्त प्रमुख भट्टराईले उपत्यकामा हुने ट्राफिक जाम र दुर्घटना कम भएका कामहरुलाई आफूले निरन्तरता दिने बताउनुभयो । विगतमा पनि आफूले मशाखाका अन्तरगत रहेर काम गरेको उल्लेख गर्दै उहाँले सवारी जाम र दुर्घटना न्यूनीकरण आफूले पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।

ढकालको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको हो । उहाँले महाशाखा प्रमुख भएर १ वर्ष  ५ महिना ट्राफिक प्रहरीको नेतृत्व गर्नुभएको थियो । आज नै कुशलतापूर्वक कर्तव्य निर्वाह गर्ने अधिकृत र जवान गरी १९ जना ट्राफिक प्रहरीलाइ पुरस्कृत गरिएको छ ।

यसैगरी, देशैं,तिहार र त्यो भन्दा अगाडिको समयमा चोरी भएका २४ वटा मोटसाइकल सवारी धनीलाइ हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

४९ वर्षीय राईले आफूभन्दा २९ वर्ष कान्छी युवती मोडल जाङ्मु शेर्पासँग लगन गाँठो कसेर चर्चामा रहुनभएको छ ।

हृदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग पनि सम्बन्ध रहेको कारण उनी नेपालमा राजतन्त्र पुनर्स्थापनाका लागि उपयुक्त पात्र हुने एस…

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको र संवैधानिक इजलासले यसबारेका प्रश्न गरेपछि माघ ५ गते…

रोल्पा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी ओलीले मुलुक र जनताविरुद्ध गरेका…

काठमाडौं । शनिवार जनतासमाचार डट्कम मा बागमती सफाइ अभियानको आठ वर्ष, फोहोर उस्तै (फोटोफिचर), प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।