Logo माघ १०, २०७७ शनिबार


‘दीर्घकालीन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक’

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट्स सदस्य समूहको उपाध्यक्षका उम्मेद्वार सौरभ ज्योतिले दीर्घकालीन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व माहासंघलाई आवश्यक रहेको बताउनुभएको छ । आगामी दश वर्षमा देशको आर्थिक भविश्य निर्माणका लागि महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको वातावरण निर्माण गर्न पनि दीर्घकालीन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक हुने बताउनुभयो । त्यसका लागि नीतिगत सुधारदेखि जनशक्तिको सीप अभिवृद्धि गर्ने लगायतका विषयमा सरकारी निकायहरुसँग समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमता नेतृत्वसँग हुनुपर्ने ज्योतिले बताउनुभयो ।

पछिल्लो समय निजी क्षेत्रसँग मानसम्मान र सुरक्षा केही पनि नभएकाले त्यसलाई स्थापित गर्न सकेमात्रै देशको अर्थतन्त्रको विकास सम्भव हुने पनि उहाँले बताउनुभयो । अर्थतन्त्रको मेरुदण्ड उद्योग व्यववसाय नै भएकाले उद्योगी व्यवसायीहरुको सुरक्षाका लागि लड्नुपर्ने बेला आएको पनि उहाँले बताउनुभयो । त्यसका लागि आफू लगायत आफ्नो टिम सक्षम रहेको ज्योतिको भनाइ छ ।

जुनसुकै नेतृत्व आएपनि निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लैजाने, रोजगारी सिर्जना गर्ने, उद्यमशिलताको विकास गर्ने र समग्र निजी क्षेत्रको हकहितको लागि लड्ने क्षमता राख्नुपर्ने ज्योतिले बताउनुभयो । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले पनि योग्य नेतृत्वको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

महासंघलाई व्यवसाय गर्ने थलो बनाउने व्यक्ति नभई आफ्नो स्वार्थ छाेडेर समग्र निजी क्षेत्रको हितमा काम गर्न सक्ने व्यक्ति महासंघमा अटाउनुपर्ने उहाँको भनाइ छ ।

सौरभ ज्योती किशाेर प्रधान समूहबाट एसोसिएट्स सदस्य समूहको उपाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नयाँ काम आईपर्नेछ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।

साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।