बदेलसहित बस र चालक नियन्त्रणमा

सनिउल्ला धाेबी
कपिलवस्तु । वडा प्रहरी कार्यालय चन्द्रौटाले कपिलवस्तुको शिवराज नगरपालिकामा जंगली बदेलसहित बस र चालक नियन्त्रणमा लिएको छ । विशेष चेकजाँचका क्रममा आइतबार साँझ शिवराज १ बनकसबासाबाट बसका चालकसहित ६१ केजीको मृत बदेल नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
बस र मृत बदेल गौतम बुद्ध डिभिजन वन कार्यालय चन्द्रौटा कपिलवस्तुको जिम्मा लगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिनुभयो ।
नेपालगञ्जबाट बुटवल आउँदै गरेको लु १ ख ७१६३ नम्बरको डिग्गी भित्र लुकाई छिपाई लैजादै गर्दा प्रहरीले पक्राउ गरेको गौतम बुद्ध डिभिजन वन कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रमुख दुर्गा बहादुर कार्कीले जानकारी दिनुभयो ।
मृत बदेल प्रहरी, पत्रकार र स्थानीयको रोहबारमय खाडल खनी गाडिएको शिवराज साझेदारी वन व्यवस्थापन समितिका सहायक वन निरीक्षक प्रेम शंकर गुप्ताले जानकारी दिनुभयो ।