Logo माघ १५, २०७७ बिहीबार


अन्ततः ट्रम्पद्वारा हार स्वीकार, अमेरिकी सत्ताको नेतृत्व सम्हाल्दै बाइडेन

चुनावको नतिजा अस्वीकार गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका लागि सत्ता सञ्चालनको बाटो खोल्ने भएका छन् । यससँगै बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने भएका छन् । नोभेम्बर ३ मा भएको चुनावमा पूर्व उपराष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा विजयी भएका छन् । ट्रम्पले निर्वाचनमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका थिए ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनको सहयोग नमिले पनि अन्तरिमकालको काम शुरु गर्ने भएका हुन । बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै छन् । त्यसअघि उनको अन्तरिम प्रशासनले सरकारी सूचनामा पहुँच तथा सो अवधिको कामका लागि स्थान र कोष ट्रम्प प्रशासनबाट लिनुपर्ने प्रावधान छ । जुन अहिलेसम्म हुन सकेको छैन ।

डोनाल्ड ट्रम्पले अन्तरिम प्रशासनको कामलाई औपचारिकता प्रदान गर्न सबै प्रक्रिया पूरा गर्न महत्वपूर्ण संघीय निकायलाई निर्देशन दिएको ट्वीटमार्फत उल्लेख गरेसँगै सत्ता सञ्चालनका लागि बाइडेनलाई बाटो खुलेको हो । अन्तरिम प्रशासनलाई सत्ता औपचारिक रुपमा नसम्हाल्दासम्मका लागि प्रशासनिक काममा पहुँच प्रदान गर्ने मुख्य जिम्मेवारी पाएको जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जिएसए) ले पनि बाइडेनलाई नोभेम्बर ३ मा भएको चुनावको स्पष्ट विजेताका रुपमा स्वीकार गर्ने बताइसकेको छ ।

यसअघि मिसिगन राज्यले सोमबारै बाइडेनको जितलाई औपचारिक रुपमा प्रमाणिकरण गरेको थियो । सो प्रमाणिकरण चुनावको नतिजा उल्ट्याउने प्रयासमा रहेका ट्रम्पका लागि ठूलो धक्का साबित बनेको देखिएको छ । मिसिगनका २ डेमोक्र्याट तथा २ रिपब्लिकनसहितको ४ सदस्यीय इलेक्टोरल कलेज मतलाई आधिकारिकता प्रदान गर्ने कमिटिको सोमबारको बैठकले १ लाख ५० हजार भन्दा बढि मतले अघि रहेका बाइडेनको पक्षमा नतिजालाई औपचारिकता प्रदान गरेको हो ।

जिएसएकी प्रमुख एमली मर्फीले राष्ट्रपतिमा निर्वाचित बाइडेनको अन्तरिम प्रशासनका लागि ६३ लाख डलर रकम निकाशा गरिएको बताएकी छन् । ट्रम्पले चुनावमा भएको ‘धाँधली’ भएको दावी गरेपनि अहिलेसम्म कुनै पनि ठोस प्रमाण भेटिएको छैन । बरु निर्वाचन तथा सुरक्षा अधिकारीहरुले नोभेम्बर ३ को चुनाव इतिहासकै सबैभन्दा सुरक्षित र पारदर्शी रहेको बताएका छन् ।

जिएसएकी प्रमुख मर्फीले अन्तरिम प्रशासनलाई पहुँच दिइने सम्बन्धी पत्र बाइडेन प्रशासनलाई पठाएकी छन् । बाइडेन समूहले जसको स्वागत गरिसकेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

काठमाडौं । बुधवार जनतासमाचार डट्कम मा ४ सय ५० नेपाली विदेशका जेलमा, २५ लाई मृत्युदण्ड, पछिल्लो २४ घण्टामा २ सय…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।