Logo माघ १५, २०७७ बिहीबार


कक्षा १२ को परीक्षा सुरु, स्वास्थ्य सुरक्षामा उच्च सतर्कता

काठमाडौं । कोरोना महामारीका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बिहान ८ बजेबाट सुरु हुने परीक्षाको समय साढे एक घण्टा तोकिएको छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने जनाइएको छ ।

बोर्डले सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएकोले ढुक्क भएर परीक्षा दिन आग्रह गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि घरमा रहँदा होस् वा परीक्षा केन्द्रमा आउ–जाउ गर्दा होस् कोभिडविरुद्धका मापदण्ड सही ढंगले पालना गर्न परीक्षार्थीहरुलाई आग्रह गर्नुभएको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परिक्षा लिन लागिएको बताउनुभयो । परीक्षार्थी, केन्द्राध्यक्ष र निरीक्षकले अनिवार्य मास्क लगाउनु पर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ । सबैलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश गराइने पौडेलले जानकारी दिनुभयो ।

परीक्षार्थीहरुका लागि आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले परीक्षामा सुरक्षाको प्रबन्ध मिलाएको बोर्डले जनाएको छ । परीक्षा सञ्चालनमा स्थानीय तहले पनि सहयोग गरेका छन् । परीक्षाको अनुगमन र निगरानी गर्न बोर्डमा कन्ट्रोल रुमको समेत व्यवस्था गरिएको बताइएको छ । परीक्षा मंसिर १६ गते सम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।

कुनैबेला ओली जनजाती विरोधी भएको हल्ला फैलाइएको भन्दै उहाँले यथार्थमा आफू विरोधी नभएको बताउनुभयाे ।