Logo माघ ९, २०७७ शुक्रबार


‘कांग्रेसकाे महाधिवेशन कुनै हालतमा रोकिन हुदैन’

खगेन्द्र पराजुली
नवलपुर । नेपाली कांग्रेसका महामन्त्री एवं संघीय सांसद डा. शशांक कोईरालाले कोरोनाको बहानामा कांग्रेसको महाधिवेशन कुनै पनि हालतमा रोकिन नहुने बताउनुभएको छ ।

सामुदायिक प्राकृतिक चिकित्सालयमा रहेका संक्रमितलाई फलफूल वितरण कार्यक्रममा सहभागी हुनुभएका डा. कोईरालाले विश्वका थुप्रै ठाउँहरुमा चुनावी कार्यक्रम समेत सम्पन्न भईसक्दा कोरोनाको कारण देखाएर महाधिवेशन सार्न नहुने जिकिर गर्नुभएको हो ।

डा. कोईरालाले नवलपुरको विकास र नवलपुरलाई नमूना जिल्लाका रुपमा विकास गर्न आफू निरन्तर लागिरहने बताउनुभएको छ ।

उहाँले सञ्चार क्षेत्रलाई स्वतन्त्र रुपमा चल्न दिनुपर्ने भन्दै सञ्चारमा अंकुश लगाउने कुरामा आफू सधै विपक्षमा रहेको जिकिर गर्नुभयो । साथै, उहाँले सांसद विकास कोषबाट सामुदायिक प्राकृतिक चिकित्सालयलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नयाँ काममा लगानी बढ्नेछ । परोपकारमा मन जानेछ । सन्तानको सहयोग मिल्नेछ ।

सरकारकाे असंवैधानिक कदम अदालतले रोक्न सकेन भने अन्तिम निकायको रुपमा जनअदालतले नै छिनोफानो गर्ने पाैडेलकाे भनाइ छ ।

गणतन्त्रविरोधी केही तत्वहरु सलबलाई रहेका बेलामा ओली चुप बस्नुको अर्थ उनी पनि गणतन्त्रविरोधी भएकाे उहाँको भनाइ थियो ।

संविधान अनुरुप विधिको शासनमा नचलेकाले प्रधानमन्त्री ओली निर्वाचन नगराउनेतिर गएको आभाष भएको उहाँको भनाइ छ ।

सरकार नयाँ निर्वाचनको तयारीमा लागिसकेकाले निर्वाचन हुने निश्चित भएको तर सर्वोच्च अदालतले गर्ने निर्णयलाई सरकारले सम्मान गर्ने पौडेलको भनाइ छ…