सवारी दुर्घटना १ को मृत्यु ४ घाइते

कपिलवस्तु । बुद्धभुमी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्गको गोरुसिंगे जंगल नजिक मंगलवार विहान भएको दुर्घटनामा परि एकजना भारतिय नागरिकको मृत्यु भएको हो ।
युपि ४२ बि टी २३९१ नम्बरको भारतीय बल्कर र ना ८ प २५२५ नम्बरको यात्रु बाहक बस ठोकिँदा भारतको अयोध्या वस्ने वर्ष ६० को बल्कर चालक मुन्नीलाल चौहानको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसमा सवार ४ जना घाइतेहरूकाे स्थानिय मेडिकलमा उपचार भैरहेको छ भने अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले जानकारी दिनुभयो ।