बेलिजका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

मेक्सीको सिटी । बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार प्रधानमन्त्रीको कार्यालयले एक वक्तव्य जारी गर्दै संक्रमण भएको जनाएको हो ।
कोरोना संक्रमण पुष्टि भएसँगै ब्रिसेनो अहिले आइसोलेसनमा बस्नु भएको छ । आगामी दुई हप्तासम्म उहाँ आइसोलेसनमै बस्नु हुनेछ भने त्यसपछि पुनः परीक्षण गरिने जनाइएको छ ।
बेलिजमा अहिलेसम्म पाँच हजार एक सय ८३ जना कोरोना संक्रमित भएकाे जोन्स हप्किन्स विश्वविद्यालयले जनाएकाे छ ।