छिमेकीको हत्या गरेकाे आरोपमा २ पक्राउ

सांकेतिक तस्बिर
रौतहट। जिल्लामा छिमेकीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बृन्दावन नगरपालिका–७ धमौराका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय विन्दा पासवान रहेका छन् ।
मादक पदार्थ सेवन गरेर कुटपिट गर्दा स्थानीय ५० वर्षीय अमिरी पासवानको मृत्यु भएको प्रहरीले जनाएको हो । विकाससहितको समूहले सोमबार गरेको कुटपिटमा परि गम्भीर घाइते भएका पासवानको गरुडा बजारस्थित गरुडा सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे । घटनाबारे थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।