Logo माघ १०, २०७७ शनिबार


कार्यालयमा छड्के, १७ कर्मचारी अनुपस्थित

रुकुम पूर्व । रुकुमकोटमा रहेका सात सरकारी कार्यालयमा सोमबार जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले अनुगमन गरेको छ । कार्यालयमा कर्मचारीको अनियमितताबारे गुनासो बढेपछि प्रशासनले छड्के अनुगमन गरेको हो ।

अनुगमनको क्रममा पाँच ओटा कार्यालयका कार्यालय प्रमुखसहित १७ जना कर्मचारी अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनुभयो । बिदा नै नलिइ कर्मचारीहरु कार्यालयमा अनुपस्थित भएका हुन् ।

सेवा प्रवाहको अवस्था, कर्मचारीको अनुशासन र मर्यादा जाँच गर्न पनि कार्यालयमा निरीक्षण गरिएकोसमेत प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो ।

सोमबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय, सडक पूर्वाधार विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, डिभिजन वन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

शनिबार बिहान २ बजेतिर दश जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएको बताइएकाे छ ।

कावासोतीको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा…

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…