Logo माघ १०, २०७७ शनिबार


बर्दिबास बालिका हत्या प्रकरण: गोली लागेर ३ घाइते

महोत्तरी । बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रकरणमा भएको प्रदर्शनका क्रममा तीन जना घाइते भएका छन् ।
प्रदर्शनकारीको भिडलाई तितरवितर गर्न प्रहरीले चलाएको गोली लागेर तीन जना घाइते भएका हुन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको गोली लागेर स्थानीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउँदा सञ्जयको तिघ्रामा गोली लागेको र उनको अवस्था गम्भीर रहेकोले बर्दिवासको पिनाकल अस्मापतालमा उपचार भइरहेको छ ।

त्यस्तै, प्रहरीले अश्रुग्यास र हवाई फायर गर्दा श्याम र अफताब घाइते भएका हुन्, उनीहरूको बर्दिवासको शुभ स्वस्तिकमा उपचार भइरहेको छ ।

मंगलबार बिहानदेखि भएको प्रदर्शनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

कावासोतीको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा…

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।