Logo बैशाख २, २०७८ बिहीबार


कराते टोलीलाई खेल सामाग्री

काठमाडौं । टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरिएको छ । २ खेलाडी र १ प्रशिक्षक गरी ३ सदस्यीय टोलीलाई केल्मीको जुत्ता, ट्रयाक्सुट र ब्याग प्रदान गरिएको हो ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष महर्जनले ट्रयाकसुट र जुत्ता गरी जम्मा ४९ हजारको सामाग्री प्रदान गर्नुभएको हो ।
त्यस्तै आठौं दक्षिणकाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रविले १५ हजार बराबरको ब्याग हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा प्रशिक्षक श्रेष्ठले जुनमा फ्रान्समा क्वालिफाइङ तथा पोर्चुगल, साइप्रस र मोरोक्कोमा हुने कराते लिगमा सहभागिताका लागि प्रयास भइरहेको जानकारी  दिनुभयो। त्यस्तै, कुवेतमा हुने एसियन च्याम्पियनसिपमा पनि सहभागिताका लागि नेपाल कराते महासंघले प्रयास गरेकोसमेत उहाँले बताउनुभयाे  ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।