Logo माघ १०, २०७७ शनिबार


राजनीतिक प्रस्तावमा उल्लेखित कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित छैन : दाहाल

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित नरहेको प्रष्टिकरण दिनुभएको छ ।

मंगलबार दिउँसो उहाँको सचिवालयले प्रेस नोट जारी गर्दै पार्टीको सचिवालय बैठकमा कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रस्तावमा भएको कुरा न्यायपालिकाको गरिमा र प्रधानन्यायाधीशसँग सम्बन्धित नभएको स्पष्ट पारेको हो ।

प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिकासम्बन्धी धारणाबारे स्पष्ट हुनमात्र खोजेको दाहालको प्रेस नोटमा उल्लेख छ । स्वतन्त्र न्यायपालिका र प्रधानन्यायाधीशसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष दाहालले स्पष्ट गर्नुभएको छ ।

कात्तिक २८ गते दाहालले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो ।

उक्त प्रस्तावमा उनले ‘स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद भंग गर्ने, संकटकाल लागु गर्ने, द्वन्द्वकालीन मुद्दाहरूलाई निहित उद्देश्यका लागि दुरूपयोग गर्नेसम्मको कार्यमा हिस्सेदार बनाउने प्रयास गर्नुभएको कुरा बाहिर आयो’ भन्ने लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ओलीको प्रतिगमनलाई चुनौति दिन ‘बृहत् नागरिक आन्दोलन’ ले बालुवाटार मार्च गर्न लागेको हो ।

शनिबार बिहान २ बजेतिर दश जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएको बताइएकाे छ ।

कावासोतीको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा…

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…