Logo माघ १०, २०७७ शनिबार


बैतडीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु, मृतक सबैको पहिचान खुल्यो (नामावली)

धनगढी । बैतडीमा जीप दुर्घटनामा परि मृत्यु भएका सबैको पहिचान खुलेको छ ।

दुर्घटनामा भारतबाट पेन्सन बुझेर आएका ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा मंगलबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी बैतडीको सुर्नया गाउँपालिका ४ की ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटकी ७० वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँकी ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय कृष्णलाल लावडको मृत्यु भएको छ।

दुर्घटनामा परी ४ जना घाइते भएको र घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताउनुभयो ।

गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा भारतमा रहेका पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको छ। त्यहीँबाट आइरहेको जीप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ। दुर्घटना हुने वित्तिकै फरार रहेका जीप चालक गोपाल कार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…

काठमाडौं । शुक्रवार जनतासमाचार डट्कम मा ओलीको प्रतिगमनविरुद्ध दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (लाइभ), अध्यक्ष दाहाल र भट्टराईबीच गोप्य भेटवार्ता, सुनुवाइकै…

शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

सरसामान हराउन सक्नेछ । अनावस्यक धनखर्च हुनेछ । नयाँ काम आईपर्नेछ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले घुँडा नटेकेसम्म जनताले सडक नछोड्ने चेतावनी दिनुभयो ।

साताको अन्त्यमा भने संगीत तथा कला क्षेत्रबाट प्रशंसा मिल्ने तथा व्यापारबाट राम्रो फाइदा हुनेछ ।