गेट्सलाई उछिन्दै मस्क विश्वकै दोस्रो धनी व्यक्ति

काठमाडौं । टेस्ला र स्पेस एक्सका प्रमुख ४९ वर्षीय एलन मस्क विश्वकै दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन्।
उनले माइक्रोसफ्टका फाउण्डर बिल गेट्सलाई पछि पार्दै विश्वका दोश्रो धनी व्यक्ति बनेका हुन् । मस्कको नेटवर्थ बढेर १२७.९ अर्ब डलर भएको छ ।
टेस्लाको शेयरमा भारी उछालका कारण उनको नेटवर्थ बढेको हो । टेस्लाको मार्केट भ्याल्यू बढेर ४९१ अर्ब डलरसम्म पुगेको हो ।
यस वर्ष उनले आफ्नो नेटवर्थमा करिव १००.३ अर्ब नेटवर्थ जोडेका छन् ।