Logo माघ १५, २०७७ बिहीबार


महामारीका समयमा समेत म्यानपावरको धन्दा यथावत, दुई म्यानपावरमा प्रहरीको छापा

काठमाडौं । काठमाडौंका विभिन्न म्यानपावर कम्पनीमा बैदेशिक रोजगार विभागले छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

कतार पुलिसका लागि रोजगारी भन्दै अन्तर्वार्ता लिइरहेको अवस्थामा बैदेशिक रोजगार विभाग र प्रहरीको संयुक्त टोलीले काठमाडौंका विभिन्न म्यानपावर कम्पनीमा छापा मारेको हो । प्रहरीले मंगलवार दिउँसो रानीबारी लाजिम्पाटमा रहेको होप इन्टरनेशल म्यानपावर र मित्रपार्क पशुपतिमा रहेको डीडी सेभेन सिज इन्टरनेशनल म्यानपावर कार्यालयमा आकस्मिक छापा मारेको हो ।

होप इन्टरनेशल म्यानपावर कार्यालयमा प्रहरी टोली पुग्दा संचालक भित्र ढोका बन्द गरेर बसेका थिए ।  प्रहरीले एक कुटनितिक नियोगका प्रतिनिधि सहित गाडी नियन्त्रणमा लिएको छ।

१६ जनाको कागजपत्र सहित एक मेनपावरका एकजना कर्मचारी पनि पक्राउ परेका छन् ।

यस्तै डीडी सेभेन सिजबाट पनि प्रहरीले पासपोर्टसहित विभिन्न कागजात नियन्त्रणमा लिएका छन् ।

बिना विज्ञानपन विभिन्न मुलुकमा कामदार पठाउने भनी यी म्यानपावर कम्पनीले कामदारहरुको पासपोर्ट लिएको फेला परेको प्रहरीले जनाएको छ ।

सरकारले हाल बिदेश जान रोक लगाएको अबस्थामा पनि म्याननपावरले ब्यक्तिहरुसँग बिदेश पठाउने भन्दै पैसा उठाएको र अन्तरवार्ता गरेको सूचनाको आधारमा प्रहरीले छापा मारेको हो ।

कतारमा सेक्युरिटी गार्डको लागि भन्दै पासपोर्ट संकलन गरेको पाइएको छ । तर कतारमा अहिले कुनै नयाँ कोटा खुलेको छैन । पुरानो कोटामा मात्रै बिदेश जान पाइने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।