Logo माघ १५, २०७७ बिहीबार


‘फागुनमा महाधिवेशन गर्न चुनौती छ’ : कांग्रेस सह–महामन्त्री महत

खगेन्द्र पराजुली
नवलपुर । नेपाली कांग्रेसका सह–महामन्त्री एवं पुर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको महाधिवेशन फागुनमै गर्न चुनौती रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. महतले कोरोनाका कारण ५ महिनासम्म भएको पुरै बन्दाबन्दीका कारण पार्टीले महाधिवेशनका लागी गर्नुपर्ने सबै गृहकार्य तथा पूर्वाधार सहितको तयारी गर्न नसकेकाले फागुनमै गर्न नसकिने बताउनुभएको हो ।

डा. महतले देशको बर्तमान अवस्थामा विकसित भएको राजनैतिक गतिविधीमा कांग्रेस सरकारमा जाने भन्ने चर्चा निराधार भएको भन्दै प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष शेरवहादुर देउवाबीचको भेटवार्ता नियमितताको निरन्तरता भएको बताउनुभएको हो ।

उहाँले वर्तमान सरकार असफल भएको तर व्यवस्था र प्रणाली भने राम्रो भएको जिकिर गर्दै नेपाली कांग्रेस राजसंस्थाको पक्षमा नरहेकोसमेत बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

काठमाडौं । बुधवार जनतासमाचार डट्कम मा ४ सय ५० नेपाली विदेशका जेलमा, २५ लाई मृत्युदण्ड, पछिल्लो २४ घण्टामा २ सय…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।