कोरोना भ्याक्सिन नेपाल भित्र्याउन सरकारको तयारी

काठमाडौं । सरकारले कोभिड विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको बताएको छ ।
विश्व प्रति-जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताउनुभएको हो । मन्त्री ढकालले भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार लागिपरेको बताउनुभयो ।
मन्त्री ढकालले कुनै एक प्रयोजनका लागि उत्पादन भएको औषधिहरु म्याद सकिएपछि पनि अर्को प्रयोजनका लागि प्रयोग गर्दा समस्या देखिने गरेको बताउनुभयो । कार्यक्रममा मंसिर ३ गतेदेखि ९ गतेसम्म चलेको सप्ताहका अवशरमा आयोजित चित्रकला प्रतियोगिताका विजेताहरुलाई नगदसहित सम्मान गरिएको थियो ।