Logo माघ १५, २०७७ बिहीबार


दोस्रोपटक पनि मल ल्याउन नसकेपछि सैलुङलाई फेरि कारबाही

काठमाडौं । भारतबाट रासायनिक मल ल्याउने ठेक्का पाएको सैलुङ इन्टरप्राइजेजलाई कृषि सामाग्री कम्पनी लिमिटेडले दोस्रो पटक कारबाही गरेको छ ।

३० हजार मेट्रिक टन युरिया मल ल्याउन ठेक्का लिएको सैलुङले तोकिएको समयमा ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटीबापतको पाँच करोड ५६ लाख ४९ हजार रुपैयाँ जफत गरेको कम्पनीले जनाएको छ ।

सैलुङलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताउनुभयो । गहुँ र तोरीको लागि चाहिने ३० हजार मेट्रिक टन युरिया मल कात्र्तिक २४ भित्र ल्याइसक्नु पर्ने भए पनि ल्याउन नसकेपछि ठेक्का सम्झौता रद्ध गरेर धरौटी जफत गरिएको प्रबन्ध सञ्चालक भण्डारीले जानकारी दिनुभयो ।

असार र साउन महिनामा धानमा हाल्ने मल ल्याउन नसकेर सैलुङले यसअघि पनि कारबाही भोगिसकेको छ ।

कार्तिक २४ गतेसम्म मल ल्याउनेगरी गत असार १८ गते सैलुङसँग कृषि सामग्री कम्पनीले सम्झौता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

काठमाडौं । बुधवार जनतासमाचार डट्कम मा ४ सय ५० नेपाली विदेशका जेलमा, २५ लाई मृत्युदण्ड, पछिल्लो २४ घण्टामा २ सय…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।