Logo माघ १५, २०७७ बिहीबार


काँग्रेसको क्रियाशील सदस्यताकै टुंगो लागेन, महाधिवेशन कार्यतालिका प्रभावित हुने सम्भावना

-कमला हमाल

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन केही महिना पछाडि धकेलिन सक्ने देखिएको छ । तालिकाअनुसार साउन मसान्तसम्म सक्नुपर्ने क्रियाशील सदस्यता वितरण तथा नविरकणको काम मंसिर मसान्तसम्म हुने सर्कुलर गरेकाले महाधिवेशन फागुनमा हुन सक्ने सम्भावना न्यून देखिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४ औं महाधिवेशनको अन्तिम मितिलाई कायमै राख्दै दोस्रोपटक महाधिवेशनको कार्यतालिका संशोधन गरेको थियो । कोरोना महामारीले महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित भएपछि फागुन ७ देखि १० गते अन्तिम मितिलाई कायम राख्दै अन्य तहका क्रियाशिल सदस्यता वितरण र निर्वाचन कार्यतालिका परिर्वतन गरेको थियो ।

संशोधित तालिकाले क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि साउन मसान्तभित्र सकिसक्नुुपर्ने थियो । तर कोरोना महामारी, चाडपर्व र पार्टीभित्रकै अन्तरद्धन्द्धका कारण मंसिर मसान्तभित्र पार्टी कार्यालयमा जिल्ला सभापतिलाई क्रियाशील सदस्यताको फाइल पठाउन निर्देशन गरिएको छ । पार्टीको निर्देशन अनुरुप जिल्ला कार्यालयमा वडा, नगर तथा प्रदेशका क्रियाशील सदस्यता नविकरणको काम भइरहेको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

यस्तै संशोधित कार्यतालिकामा गाउँ÷नगर वडा अधिवेशन कात्र्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेशन कात्र्तिक १८ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन कात्तिक २१ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ गते र एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्र्तिक २५ गते, प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते र केन्द्रीय महाधिवेशन फागुन ७, ८, ९ र १० गते तोकिएको थियो ।

मंसिर मध्यसमय लागिसक्दासमेत क्रियाशील सदस्यताकै काम टुंगो नलागेकाले नेताहरुले चाहेर पनि तोकिएको समयमा महाधिवेशन गर्न सक्ने अवस्था टर्दै गएको हो । तर मुख्यसचिव पौडेलले भने समयमै महाधिवेशन गर्नसक्ने दाबी गर्नुभयो ।

कांग्रेसका अधिकाँश नेताहरु पनि समयमै महाधिवेशन हुनेमा शंका व्यक्त गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।

मूल्यसूची नराखेका र दर्ता कागजात नभएका व्यावसायिक फर्मलाई कारबाही गरिएको हो ।