Logo माघ १०, २०७७ शनिबार


चार करोड १५ लाख संक्रमणमुक्त, १४ लाख १३ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा चार करोड १५ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा चारकरोड १५ लाख १० हजार एक सय १७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा ६ करोड ७७ हजार पाँच सय ७७ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १४ लाख १३ हजार सात सय १३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ७१ लाख ५३ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड २९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ७६ लाख १६ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ६५ हजार आठ सय ५३जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९२ लाख २१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ८६ लाख ४१ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ३४ हजार सात सय ४३ पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख २४ हजार ७८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख चार हजार आठ सय ५८ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार तीन सय ६८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको हाे ।

प्रतिनिधि सभा नभएपछि संविधानको ५० प्रतिशत धाराहरु निस्क्रिय हुने भन्दै बिडारीले सत्तामा भएको मान्छेलाई मिलाएर व्यवस्था विरोधीहरुले योजनाबद्ध रुपमा प्रतिनिधि…

फाेहाेर नफाल्ने अभियानभन्दा पनि फाेहाेर उठाउने अभियान सञ्चालन भइरहेकाले सातामा एकदिन केही सफा देखिएपनि अर्काे दिनदेखि उस्तै देखिन्छ ।

वैशाखमा निर्वाचन नभए प्रधानमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठ्ने तथा संविधानले समेत काम नगर्ने उहाँको भनाइ छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएकाे जानकारी अनुसार स्थायी कमिटी बैठक आइतबार १२ : ३० बजे बस्नेछ ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बालकोट फर्किने पक्का भएको बताउनुभएको छ ।