कोरोना पुष्टि भएका भारतीय कांग्रेसका नेता पटेलको निधन

एजेन्सी । भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । एक महिना अगाडि कोरोना संक्रमण पुष्टि भएको थियाे भने उपचारका क्रममा बुधबार विहान मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मेदान्त अस्पतालमा उनका छोरा फैजल पटेलले ट्विट गरेर आफ्ना बुबाको बुधबार बिहान ३ बजेर २० मिनेटमा निधन भएको जानकारी दिएका हुन्।