राष्ट्रपति इतिहासकै सबैभन्दा धेरै मत जो बाइडेनलाई

हालै सम्पन्न राष्ट्रपति निर्वाचनका डेमोक्रेट्स उम्मेद्वार जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचन इतिहासमै सबैभन्दा धेरै मतले विजयी बन्ने राष्ट्रपति बन्ने भएका छन् । सिएनएनका अनुसार बाइडेन ८ करोडभन्दा बढी मत आफ्नो पक्षमा पार्न सफल हुने देखिएकाे छ । जुन रेकर्ड ‘ब्रेकिङ संख्या’ भएको जनाइएको छ।
मंगलबारसम्मको मतगणना हेर्दा ८ करोड ११ हजार मत बाइडेनको पक्षमा खसिसकेको छ । कतिपय ठाउँमा मतगणनाले अझै पूर्णता पाउन सकिरहेको छैन। उता वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा ७ करोड ३८ लाख मत खसेको छ ।
गत नोभेम्बर ३ मा भएको निर्वाचनमा डेमोक्रेट्स उम्मेद्वार बाइडेनले ३०६ इलेक्ट्रोल भोट प्राप्त गरेका छन्। जबकी अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्ट्रोल मत आवश्यक पर्छ। ट्रम्पको पक्षमा भने २३२ भोट खसेको छ ।