Logo बैशाख ६, २०७८ सोमबार


‘लोकतन्त्रमा कुनै पार्टी फुट्नुहुन्न’

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताउनुभएको छ ।

मंगलबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा बोल्दै उहाँले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर विकास निर्माणमा पार्टी–पार्टी र आन्तरिक प्रतिस्पर्धा भने हुनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले नेकपामा होहल्ला मात्रै भएको भन्दै अन्तिममा केही नहुनेसमेत बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख निर्मला शाही, नेकपाका जिल्ला नेताद्वय विदुरप्रसाद सापकोटा र रिता ढकाल, वडाध्यक्षद्वय झलकप्रसाद पौडेल र विष्णुमणि नेपाल, चण्डेनीमण्डन साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष सुमन नेपाललगायतले चक्लाबन्दी तथा सामूहिक खेतीले कृषिप्रति आकर्षण बढाएर श्रम जोगाई उत्पादन वृद्धितर्फको यात्रामा अघि बढाउने विचार व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।