कोरोना संक्रमणबाट इलाममा थप १ को मृत्यु

भगीरथ भण्डारी
इलाम । जिल्लामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–९ का ५५ बर्षीय एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि बिराट मेडिकल कलेजमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएसँगै उपचारको क्रममा उनको मृत्यु भएको सूर्योदय नगरपालिकाका कोभिड फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक बिपुल अधिकारीले जानकारी दिनुभयो ।
उनको कन्ट्रयाक ट्रेसिङमा परेका २१ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोसमेत अधिकारीले बताउनुभयाे ।