Logo बैशाख २, २०७८ बिहीबार


बर्दिबासमा निषेधाज्ञा जारी

महोत्तरी । बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। मंगलबार ६ वर्षीया बालिका हत्याको बिरोधमा प्रर्दशन भएपछि आज (बुधबार) पनि प्रर्दशन हुनसक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।

बर्दिया बजारको अवस्था फेरी बिग्रन सक्छ भनेर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ९ बजेदेखि ६ बजेसम्म बर्दिया बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । आइतबारदेखि हराएकी बर्दिबास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव खातुनको मंगलबार शव फेला परेको थियो। त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा हत्याको अभियोगमा २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।