Logo माघ ६, २०७७ मंगलबार


फेसबुक र टिकटकमा समय खेर फाल्नुभन्दा यसो गर्ने कि !

एजेन्सी । फेसबुक,ट्वीटर,इन्टाग्राम र टिकटक लगायतका सामाजिक सञ्जाल अहिले धेरैका लागि लत नै बनिसकेको छ ।

यी सामाजिक सञ्जालबाट धेरथोर सूचना र जानकारीसँगै मनोरञ्जन प्राप्त गरे पनि धेरैले भने फोकटमा समय खेर गएको अनुभव गर्ने गर्दछन् । यदि तपाईलाई पनि यस्तै लाग्छ भने यी अनलाइनहरु अवश्य भिजिट गर्नुहोस्,जसले तपाईको समय सदुपयोग हुनुको साथै ज्ञान पनि बढ्नेछ ।

टेड

यो साइटले तपाईलाई नयाँ नयाँ आइडिया उपलब्ध गराउदछ । जसले गर्दा तपाई उत्प्रेरित बन्न सक्नुहुन्छ । टेडको परिकल्पना सन् १९८४ मै भएको थियो । प्रविधि,मनोरञ्जन र डिजाइनका क्षेत्रमा नयाँ आइडियाहरु आदनप्रदान गर्ने उदेश्यले त्यतिखेर अमेरिकामा एउटा कार्यशाला भएको थियो । त्यही कार्यशालाको स्वरुप नै अहिलेको टेड हो ।

खान एकेडेमी 

खान एकेडेमीका बारेमा धेरै नेपालीलाई थाहा नहुन सक्छ । तर विश्वका धेरै इन्टरनेट प्रयोगकर्ता माझ यो निकै लोकप्रिय प्लेटफर्मको रुपमा रहेको छ । यसको शुरुवात सलमान खान नामक एकजना भारतीय युवाले सन् २००६ मा गरेका थिए । उनले नयाँ नयाँ सिकाइको संस्कार फराकिलो बनाउने उदेश्यले यो अनलाइन प्लेटफर्मको विकास गरेका थिए । यो साइट विशेष गरी गणित,भौतिकशास्त्र र कम्प्युटर प्रोग्रामिङमा रुची भएकाहरुका लागि हो ।

क्वेरा :

पज्जल क्वीजमा रुची भएकाहरुका लागि तयार पारिएको हो क्वेरा अनलाइन । यसमा शब्द मिलाउनेदेखि विभिन्न विषयका प्रश्नहरु राखिएका छन् । जसलाई मिलाउन र उत्तर दिन खुब मजा आउछ । यसबाट व्यक्तको शब्दभण्डार र सामान्य ज्ञान पनि बढ्छ । अर्थात यो अनलाइनमा रमाउनेहरुले समय खेर गएको अनुभूति गर्न पर्दैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।

एक पटक दर्ता भएको पत्रिका कहिल्यै दर्ता खारेज नहुने गरी कानुनले संरक्षण गरेको छ ।