Logo माघ १५, २०७७ बिहीबार


शैलुङ इन्टरप्राईजेज फेरि अदालतमा

काठमाडौं । यूरिया मल आपूर्तिको जिम्मा पाएको ठेकेदार कम्पनी शैलुङ इन्टरप्राईजेजले कृषि सामग्री कम्पनी लिमिटेडको निर्णयविरुद्ध फेरि उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

२५ हजार मेट्रिक टन युरिया मलको पहिलो ठेक्का अलपत्र पारेपछि गत भदौमा कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसाल आफैंले शैलुङलाई कारबाहीको प्रकृया अगाडि बढाउनुभएको थियो ।

कालोसूचीमा नराख्न र धरौटी जफत नगर्न मागसहित शैलुङले उच्च अदालत पाटनमा हालेको रिट निवेदनमाथि अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उक्त मुद्दामाथि अझै फैसला हुन बाँकी छ । तर शैलुङले ३० हजार मेट्रिक टन बराबरको अर्को ठेक्का पनि अलपत्र पारेपछि कृषि सामग्री कम्पनीले दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय गरेको छ । कृषि सामग्रीको उक्त निर्णयविरुद्धसमेत शैलुङ पुनः अदालत पुगेको हो ।

मल ठेक्का प्रकरणमा अदालतले ‘महामारीको कारण देखाएर ठेकेदार कम्पनीले उन्मुक्ति नपाउने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । पहिलो मुद्दा चलिरहेकै बेला कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौलाले अहिलेको संसद विघटनले मान्यता पाए चुनाव भएको दुई वर्षपछि हरेक प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर चुनाव…

पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ ।

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

धर्म कर्म परोपकारमा समय जानेछ । । फाइदा अरुले पाउनेछन् । पूरानो काम सुचारु हुनेछ ।

अधिवक्ता धनजीत बस्नेतले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दायर गर्नुभएको छ ।

धनगढीमा १७ गते आयोजना हुने विशाल जनप्रदर्शनको लागि नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले तयारी तीव्र पारेको छ ।