Logo बैशाख २, २०७८ बिहीबार


सेवाग्राहीलाई सम्मान गरेर सेवा दिन कर्मचारीलाई निर्देशन

सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीलाई सम्मान गरेर सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ । लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ बुधबारबाट शुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै नगरप्रमुख अर्यालले सबै नागरिक समान भएकाले कसैलाई पनि अपमान गर्न नहुने बताउनुभयो ।

सेवाग्राहीले छिटो र सहज हिसाबले काम खोजिरहेको हुनाले कर्मचारी साथिहरुले त्यो सेवा दिन सक्नपर्ने बताउनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले महिला मात्र हिंसामा नपर्ने भन्दै पुरुष पनि हिंसामा पर्न थालेको हुनाले हिंसाको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।

उहाँले यस अभियान अन्तर्गत नगरपालिकाका जेष्ठ नागरिकहरुलाइ सम्मान गर्ने, सुरक्षित गृहमा फलफुल वितरण गर्ने, नगरपालिकाको अगुवा विद्यालयमा सुझाव पेटिका राख्ने लगायत निबन्ध प्रतियोगिताको समेत आयोजना गरिने योजना रहेको नेपालले जानकारी दिनुभयो । कुटपिट गरेको मात्र हिंसा नभएको भन्दै उपप्रमुख नेपालले व्यक्तिगत रुपमा कोही कसैलाइ आक्षेप लगाउन नहुने समेत बताउनुभयो । प्रतिबद्धता मात्र नभइ यसलाइ सबैले व्यबहारमा लागू गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रत्येक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (मंसिर १० गतेदेखि मंसिर २५ गते) सम्म मनाइने अभियान मेलम्ची नगरपालिकामा पनि मनाउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।