Logo माघ १०, २०७७ शनिबार


सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग

काठमाडाैं । तीनवटा ट्रेड युनियनहरुले अनौपचारिक र स्वरोजगार क्षेत्रलाई समेट्नेगरी सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न माग गरेका छन् ।  सामाजिक सुरक्षा दिवसको अवशर पारेर नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघले सामाजिक सुरक्षा योजना कार्यविधि परिमार्जन गर्न मा गरेका हुन् ।

रोजगारीको सुरक्षाका लागि सामाजिक सुरक्षा कार्यविधिले नसमेटेको बेरोजगार बीमा योजनालाई तत्काल शुरु गर्न समेत ट्रड युनियनहरुले माग गरेका छन् । योगदान कर्ताको आश्रित परिवारलाई समेट्ने गरी स्वास्थ्य तथा उपचार सुविधामा परिमार्ज पनि माग गरिएको नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । अवकाश पछिको स्वास्थ्य सुरक्षा समेत समेट्ने गरी कार्यक्रम विस्तार गर्न पनि माग गरिएको उहाँले बताउनुभयो । सामाजिक सुरक्षा कोषमा उपदान वा अवकाश कोषकै रुपमा स्वेच्छिक रुपले तोकिएभन्दा बढी रकम जम्मा गर्ने व्यवस्था मिलाउन पनि ध्यानाकर्षण गरिएको श्रेष्ठले बताउनुभयो ।

ट्रेड युनियनहरुले सामाजिक सुरक्षा कार्यक्रमको सचेतनाका लागि नेपाल सरकार, रोजगारदाता संघ र ट्रेड युनियन महासंघहरुले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने, सञ्चयकोष तथा उपदान व्वस्थापन गर्न योगदानमा आधारित सामाजिक सुरक्षा ऐनसाग बाझिएका ऐन नियमहरु परिमार्जन गर्नुपर्ने माग पनि छ ।

अहिलेसम्म करिब १३ हजार प्रतिष्ठानका १ लाख ७९ हजार ३ सय ४० श्रमिक कर्मचारीहरु सामाजिक सुरक्षा कोषमा सूचिकृत भएपनि अझै धेरै क्षेत्रलाई यसले आकर्षण गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

ओलीको प्रतिगमनलाई चुनौति दिन ‘बृहत् नागरिक आन्दोलन’ ले बालुवाटार मार्च गर्न लागेको हो ।

शनिबार बिहान २ बजेतिर दश जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले चालकलाई गाडीबाट ओरालेर गाडीमा आगो लगाएको बताइएकाे छ ।

कावासोतीको भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

पछिल्लो समय निकै संक्रामक बन्दै गएको बेलायतमा कोरोना भाइरसको सक्रमणबाट एकैदिनमा १ हजार ८ सय २० जनाको मृत्यु भएको समाचारमा…

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताउनुभएको छ…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गर्ने हरेक भाषण व्यक्ति केन्द्रीत हुने र व्यक्तिका बारेमा टिका-टिप्पणी गरेर आफ्ना…